काठमाडौँ । साताको पाँचौँ दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएकोमा बिहीबार १०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको हो।
बिहीबार छापावाल सुन प्रति १० ग्राम ७८ हजार ६२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार १९० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।
बिहीबार चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार २३० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार २२५ रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ५४ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
