• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

देशभर बढ्यो चिसो


  • खुला नेपाल
  • शुक्रबार, मंसिर १०, २०७८
  • 4.5K
    SHARES

काठमाडौँ । काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा चिसो बढेको छ । देशभर चिसो बढ्ने क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पुर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार आज काठमाडौंमा न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियसमा झरेको छ, अधिकतम तापक्रम २० डीग्री सेल्सीयस रहने आँकलन गरिएको छ ।

प्रदेश १, वाग्मती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

तराईका कतिपय जिल्लामा तुवाँलो लाग्न थालेको छ ।

प्रतिक्रिया