• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

प्रचण्डलाई अध्यक्ष ओलीको प्रश्नः सरकार आफ्नो कठपुतली बताउनेले किन लडाकुको समस्या समाधान नगरेको ?


  • खुला नेपाल
  • शुक्रबार, मंसिर १०, २०७८
  • 7K
    SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा हुँदा लडाकुको समाधान गर्न नसकेको भन्दै अब लडाकुको साथी एमाले हुने बताउनुभएको छ ।

‘सरकार आफ्नो कठपुतली रहेको र औँलामा नचाइदिने बताउनेले लडाकुको समस्या समाधान किन गर्न नसकेको,’ प्रश्न गर्दै ओलीले भने, ’अब लडाकुको साथी एमाले बन्नेछ ।’

शुक्रबार नारायणी किनारमा पार्टीको १०औँ महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले सरकार आफ्नो कठपुतली रहेको बताउने प्रचण्ड लडाकुको समस्या समाधान गर्न गम्भीर नभएको बताउनुभएको हो ।

 

प्रतिक्रिया