• शुक्रबार, साउन १५, २०८३
  • Friday 31st July 2026

अध्यक्षमा सर्वसम्मत हुन्छ : योगेश भट्टराई


  • खुला नेपाल
  • शनिबार, मंसिर ११, २०७८
  • 2.3K
    SHARES

फाइल तस्वीर

सौराहा । एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुने दाबी गर्नु भएको छ ।

महाधिवेशनको बन्दसत्र स्थल सौराहामा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले सर्वसम्मत नेतृत्व चयनका लागि केन्द्रीय कमिटी बैठकले कमिटीको आकार बढाएको बताउनुभयो ।

‘अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुन्छ’, उहाँले भन्नुभयो, ‘एकताको सन्देश दिन पनि त्यो जरुरी छ ।

पार्टीका उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा होमिएका बेला प्रचार विभाग प्रमुख भट्टराईले शीर्ष नेताहरूलाई योग्यता र क्षमताका आधारमा पद बाँडफाँट गरी सर्वसम्मत नेतृत्व चयन गर्ने बताउनुभयो ।

रावल भने अहिले बन्दसत्र हलमा प्रतिनिधिसँग भोट माग्न व्यस्त हुनुहुन्छ । अध्यक्ष केपी ओली भने आफू बसेको रिसोर्टमा निकटका नेताहरूसँग छलफलमा जुट्नु भएको छ ।

प्रतिक्रिया