काठमाडौं । नेकपा (एमाले)ले आफ्नो केन्द्रीय सदस्य संख्या २२५ बाट ३०१ पुर्याउने निर्णय गरेसँगै ती सदस्य चुनिने प्रक्रियामा पनि परिवर्तन आएको छ।
एमालेको पदाधिकारीबाहेक भौगोलिक, गैरभौगोलिक र समावेशी समूहबाट निर्वाचित हुने संरचनामा परिवर्तन आएको हो। अब एमालेको पदाधिकारी संख्या १९ हुने भएको छ। बाँकी केन्द्रीय सदस्यमध्ये १३७ जना खुला प्रतिस्पर्धाबाट आउनेछन्। तीमध्ये ५३ जना महिला हुनेछन् ।
असोज १५ देखि १६ सम्म चलेको विधान महाधिवेशनबाट पारित कमिटीको ढाँचालाई शुक्रबार मध्यरातमा बसेको केन्द्रीय कमिटी बैठकले परिवर्तन गरेको थियो। परिवर्तित स्वरुपलाई शनिबारको बन्दसत्रले अनुमोदन गरिसकेको छ।
प्रत्येक भौगोलिक प्रदेशबाट ६ खुला र ३ महिलासहित ६३ जना निर्वाचित हुनेछन्। उपत्यका विशेष र सम्पर्क समन्वयबाट एक खुला र एक महिलाको लागि निर्वाचन हुनेछ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
