• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

एमाले महाधिवेशन : २०९६ मत खस्यो, अब मतगणना सुरू हुने


  • खुला नेपाल
  • मङ्लबार, मंसिर १४, २०७८
  • 6.9K
    SHARES

चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा दुई हजार ९६ मत खसेको छ ।

कुल मतदाता दुई हजार १५३ जना रहेकामा दुई हजार ९६ मत खसेको निर्वाचन अधिकृत कमद पाठकले जानकारी दिनुभयो । उहाँकाअनुसार अबको केहीबेरमै मतगणना सुरू हुनेछ ।

विद्युतीय मेसिनबाट मतदान गरिएकाले चाँडै नै परिणाम आउने बताइएको छ । मतदान सकिएसँगै मुचुल्का उठाउने काम भइरहेको र अब केही समयमै मतगणना सुरू हुने अधिकृत पाठकले बताउनुभयो ।

मतगणना भएको दुई घण्टामै परिणाम आउने अध्यक्ष पदका उम्मेदवार भीम रावलले जानकारी दिनुभयो ।

प्रतिक्रिया