• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

राप्रपाको मञ्चमा उभिएर सिपी मैनालीले गर्नुभयो राजाको तारिफ


  • खुला नेपाल
  • बुधबार, मंसिर १५, २०७८
  • 8K
    SHARES

काठमाडौं । नेकपा मालेका महासचिव सिपी मैनालीले २००७ सालयता मुलुकमा बाह्य हस्तक्षेप भित्रिएको बताउनुभएको छ ।

भृकुटीमण्डपमा जारी राप्रपाको एकताको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले २००७ सालबाट सुरु भएको बाह्य हस्तक्षेप २०४६ सालपछि निकै बढेको बताउनुभयो ।

तर, बाह्य हस्तक्षेपलाई तत्कालीन राजा महेन्द्र र वीरेन्द्र शाहले अन्त्य गरे पनि अहिलेका नेताहरू बोल्नसमेत नसकेको उनको भनाइ छ ।

पछिल्लो राजनीतिक परिवर्तनसँगै नेपालमा बाह्य हस्तक्षेप अचाक्ली बढे पनि नेताहरू बोल्न नसकेको भन्दै मैनालीले भन्नुभयो, ‘यसबाट देशलाई मुक्त गराउन अब देशभक्त एकजुट हुनुपर्ने भएको छ । देशभक्त एक ठाउँमा उभियौँ । देशको जल्दाबल्दा समस्या समाधान भने जुनसुकै विचारधाराका भए पनि एक ठाउँमा हौँ ।’

माओवादी युद्ध असफल भएको टिप्पणी गरेका मैनालीले अहिले नेपालमा भारतीय र युरोपियन युनियनको हस्तक्षेप बढेको बताउनुभएको हो ।

प्रतिक्रिया