• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

संयुक्त राष्ट्रसंघ प्रमुखले कोभिड-१९, जलवायु संकटको सन्दर्भमा अन्तर्राष्ट्रिय समुदायले अफ्रिकासँग गरेको व्यवहार बारे चासो


  • खुला नेपाल
  • बिहिबार, मंसिर १६, २०७८
  • 9.7K
    SHARES

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुधबार अफ्रिकी महादेशसँग कोभिड–१९ को महामारी र जलवायु परिवर्तनका सम्बन्धमा अन्तरराष्ट्रिय समुदायले गरिरहेको व्यवहार बारे चासो व्यक्त गर्नुभएको छ ।

“महामारी र जलवायु सङ्कटले चिनिने यस अवधिमा आज अन्तरराष्ट्रिय समुदायले अफ्रिकासँग कसरी व्यवहार गरिरहेको छ भन्ने बारे चासो व्यक्त गर्दै छु,” गुटरेसले पत्रकार सम्मेलनमा भन्नुभयो । उहाँले थप्नुभयो “हामीले यो अन्याय र अनैतिकताको अन्त्य गर्नुपर्छ।

हामीले अन्तरराष्ट्रिय क्षेत्रमा आर्थिक वृद्धि र राजनीतिक सम्बन्धका सन्दर्भमा परिस्थितिहरू समान छन् भनी सुनिश्चित गर्नुपर्छ। हामी र अफ्रिकाबीच समानताको सम्बन्ध हुनुपर्छ।” उहाँले थप्नुभयो ।

प्रतिक्रिया