• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

कांग्रेस १४ औं महाधिवेशनले ताराकासुर प्रवृत्ति अन्त्य होला ?

नेपाली कांग्रेससँग जनताले गरेको आकांक्षा पूरा हुन नसकेको कि गर्न नसकिएको वा नदिइएको यसको पहिचान गरेर सिंगो पार्टी यसतर्फ लाग्नुपर्छ


  • नारायण आचार्य
  • बिहिबार, मंसिर १६, २०७८
  • 8.9K
    SHARES

नारायण आचार्य

स्कन्द पुराणको एक प्रसंगमा तमोगुण शक्ति अर्थात गैरकानुनी तथा राज्यशक्तिको दुरुपयोग गरी ताराकासुर नामक असामाजिक पात्रले सामाजिक मयार्दामै रहेका पात्रहरु अर्थात देवता गणहरुलाई समेत केही समय दमन गर्न सफल भए । ऊ सधैं शक्तिमा रहन सकेन, कालान्तरमा ताराकासुरको राजनीतिक पतन भएको दृष्टान्त सो प्रसंगमा देखाइएको छ ।

दैत्य राजा ताराकासुरको अर्को रोचक प्रसंग पनि छ, त्यो हो, अप्राकृतिक तवरले कुनै पनि विधिविधान सञ्चा

नेपालको राजनीतिक कालखण्डमा पनि विभिन्न किसिमका प्रणाली तथा विधिविधानहरु एक पछि अर्को गरी देखा परिरहेका छन् । तर परिवर्तित राजनीतिक प्रणालीले भने आमनेपालीले अपेक्षा गरेका योजनाहरु कार्यान्वयन भएको अवस्थामा देखिँदैन । नेपाली राजनीतिमा परिवर्तनको बाहक मानिएको र मुलुककै जेठो पार्टी नेपाली कांग्रेस आज १४ औं महाधिवेशनको संघारमा छ ।

यही मंसिर २६ गतेबाट उसले आफ्नो महाधिवेशन गर्दै छ । मुलुकका सबै वडा, पालिका हुँदै ६१ जिल्लामा अधिवेशनहरु सम्पन्न भइसकेका छन् । भोलिबाट सातवटै प्रदेशमा प्रदेश अधिवेशन सुरु हुँदैछ । अधिवेशन हुन बाँकी १६ जिल्लामा भने महाधिवेशनपछि हुने केन्द्रीय समितिले जनाएको छ ।

नेपालको सत्ताबागडोरमा लामो सयम व्यतित गरेको नेपाली कांग्रेस पार्टीसँग जनताले धेरै अपेक्षा गरेका थिए । तर कांग्रेसले आजसम्म पनि जनआकांक्षा पूरा गर्न नसकिरहेको अवस्था छ । जनताका चहानाभन्दा ऊ जहिल्यै आसेपासेको भरणपोषणमा लाग्यो । पार्टीलाई दिलोज्यान दिने नेता कार्यकर्ता जहिल्यै पछि पारिए । अनि अवसरवादीहरुले सधैं राज्यसत्ताको दुरुपयोग गरे । यसैले भनिन्छ, कांग्रेसले कहिल्यै तल फर्केर हेर्न जानेन ।

सायद मान्छेहरु यसरी सम्झन्छन्, चाणक्य नीतिको सिद्धान्त……साधव नही सर्वत्र चन्दनं न वने वनेः ।। अर्थात असामाजिक प्रवृत्ति मौलाएको हुन्छ भन्ने उक्ति आज आएर सावित भएको छ । जसको ज्वलन्त उदाहरण दिनुपर्दा २०४६ मा कांग्रेसद्वारा आह्वान गरिएको प्रजातन्त्र पुनःस्थापनाको जनआन्दोलनमा कांग्रेसकै नेता तथा कार्यकर्तालाई दमन गर्न प्रत्येक जिल्ला पञ्चायतका तत्कालीन सभापतिहरुलाई नै जिल्ला प्रतिकार समितिको अध्यक्ष हुने राजनीतिक व्यवस्था गरिएको थियो ।

सो अवसरमा कतिपय जिल्ला पञ्चायतका सभापतिहरुले आफ्नो पद त्याग गरी आन्दोलनमा होमिएका थिए । उतिबेला नेपाली कांग्रेस र तत्कालीन नेकपा मालेले पञ्चायत अवलम्बन गर्ने नीति लिएको थियो । तदअनुसार कांग्रेस र कम्युनिष्टका धेरै नेता जिल्ला पञ्चायतको सभापति बनेका थिए । पार्टीहरुको आह्वानअनुसार कम्युनिष्टका करिब सबै सभापति पदबाट राजीनामा दिएर आन्दोलनमा सरिक भएका थिए । तर कांग्रेसका केही जिल्ला पञ्चायत सभापतिहरु जिल्ला प्रतिकार समितिको अध्यक्ष भएर आफ्नै साथीमाथि गोली बर्साए ।

पञ्चायत उपयोग गर्ने नीतिअनुसार तत्कालीन समयमा नवलपरासी जिल्लाको सभापतिमा नेपाली कांग्रेसबाट उठाइएका उम्मेदवारले विजय हासिल गरेका थिए । त्यतिबेला जिल्ला पञ्चायत सभापतिमा महेन्द्रध्वज जिसी थिए । उनी त्यतिबेला कांग्रेसले आह्वान गरेको जनआन्दोलनमा सरिक भए कि प्रतिकार समितिको अध्यक्ष बनेर ताराकासुर प्रवृत्ति देखाए ?

कांग्रेस आज १४ औं महाधिवेशनको संघारमा छ । तर कुनै बेला कांग्रेसले अवलम्बन गरेको उद्देश्य पूरा गर्न सहयोग होस भनेर कांग्रेसका नेता तथा कार्यकर्तालाई मेरो घरमा सेल्टर दिएको तथा भात खुवाएको लगानीअनुसार कांग्रेसले मुलुकलाई समृद्ध बनाउन किन सकेन ?

कांग्रेसमा आज विगतमा देखिएका गाई सत्तामा हुँदा गाईलाई पूजा गर्ने, हात्ती बलियो हुँदा धु्रवे हात्ती बन्ने, आर्थिक रुपले सम्पन्न गुरु समाजमा बोलवाला हुँदा गुरुसँग लम्पसार परी खुट्टाको जल खाने, गुरुसँग सापटी पैसा लिने तर फिर्ता गर्न बिर्सने, आन्दोलनमा होमिएका कांग्रेसका नेताहरु सूर्यभक्त अधिकारी, तिलक सापकोटा, हेमराज कोइराला, वासुदेव लामिछानेको ढाडमा भाटा हान्न प्रतिकार समितिको अध्यक्ष बन्ने ताराकासुर प्रवृत्तिको अन्त्य गर्न कांग्रेसको १४ औं महाधिवेशन सफल होला ?

आचार्य, अबको गन्तब्य उपन्यासका लेखक हुनुहुन्छ ।

प्रतिक्रिया