• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

सहमतिमै कांग्रेस नेतृत्व चयन गर्ने प्रयास हुन्छ : देउवा


  • खुला नेपाल
  • बिहिबार, मंसिर २३, २०७८
  • 5.9K
    SHARES

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनबाट सकभर सहमतिमै नयाँ नेतृत्व चयन गर्ने बताउनुभएको छ।

बिहीबार बिहान कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले लेखेको ‘नेपाली कांग्रेस एन्ड नेसन बिल्डिङ’ पुस्तक विमोचन समारोहमा देउवाले सकेसम्म सहमतिमा नेतृत्व चयन गरिने बताउनु भएको हो । त्यसकै लागि केन्द्रीय समितिको बैठक राखिएको उहाँको भनाइ छ ।

उहाँले सहमतिमै नेतृत्व चयन नभए अस्वस्थ प्रतिस्पर्धा र कटुता नगर्न पनि आग्रह गर्नुभयो । उहाँले महाधिवेशनपछि उत्साहका साथ गाउँघर फर्केर पार्टीलाई निर्वाचनमा सफल बनाउन लाग्नुपर्ने उल्लेख गर्दै हार्नेले जित्नेलाई सहयोग गर्ने जित्नेले हार्नेको सहयोग लिने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

सहमहामन्त्री महतले बिपी कोइराला प्रधानमन्त्री भएको समयमा नेपालको आर्थिक नीतिबारे लेखिएको आफ्नो डिग्रीको शोधपत्रलाई पुस्तकको रुप दिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया