• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

लमजुङमा जिप दुर्घटना : तीन जनाको मृत्यु, ६ जना घाइते


  • खुला नेपाल
  • बिहिबार, मंसिर २३, २०७८
  • 3.2K
    SHARES

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ भुस्मे नजिकै कालिमाटीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

मर्स्याङ्दी गाउँपालिका–९ सिम्पानीबाट वडा नम्बर ८ भुस्मे माथि पिसहिल स्टेशनतर्फ जाँदै गरेको ग १ ज ६३१७ नम्बरको जिप बिहीबार बिहान साढे १० बजेतिर दुर्घटना भएको हो ।

गणेश माध्यमिक विद्यालय सिम्पानीका शिक्षक र विद्यार्थी बोकेर गएको जिप सडकबाट डेढसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा शिक्षक र विद्यार्थी छन् ।

घाइते ६ जनालाई स्थानीय, प्रहरीले उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याएका छन् ।

प्रतिक्रिया