काठमाडौँ । संघीय संसदको दुवै सदनको अधिवेशन मंगलबारदेखि सुरु हुँदै छ ।
यही १६ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले २८ मंसिर मंगलबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नु भएको हो ।
मंगलबारबाट दुवै सदनको अधिवेशन सुरु हुने भएपछि सभापति अग्निप्रसाद सापकोटाले आज बिहान ११ बजे बैठक स्थल लगायतको निरीक्षण गर्दै हुनुहुन्छ।
संसद अधिवेशन शुरु हुन एक दिन अघि आज सांसदहरुको कोरोना परीक्षण गरिने छ ।
संसद भवनको स्काई हलमा सभामुखसहित संघीय संसदआवद्ध सबैको कोभिड १९ को एन्टिजेन परीक्षण गरिने संसद सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार संसदका सांसददेखि सुरक्षाकर्मीहरूसम्मको आज अपराह्न ३ बजेसम्म एन्टिजेन परीक्षण गरिनेछ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
