काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन उपसभापति पदको जारी मतगणनामा पूर्णबहादुर खड्काले अग्रता रहेको छ ।
राती साढे १० बजेको मतपरिणाम अनुसार ३ हजार ५ सय मत गणना हुँदा पूर्ण बहादुर खड्का पहिलो नम्बरमा छन् । उनले १ हजार ६ सय ३४ मत प्राप्त गरेका छन् । त्यस्तै दोस्रोमा विजयकुमार गच्छदारले १ हजार ४ सय ४३ मत प्राप्त गरेका छन् । तेस्रोमा धनराज गुरुङले १ हजार ४ सय ४३ मत प्राप्त गरेका छन् ।
यस्तो त उपसभापति पदमा उम्मेदवारको मत परिणाम
पूर्णबहादुर खड्का -१६३४
विजयकुमार गच्छदार- १४४३
धनराज गुरूङ – १४३७
चन्द्र भण्डारी -१२५८
सुजाता कोइराला-४३८
महेश आचार्य -४१३
दिव्यश्वरी शाह-११७
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
