काठमाडौं । अलफ्ट काठमाडौंले जाडो मौसमलाई ध्यान दिँदै ‘फ्लेभर्स अफ कस्मिर’ (कस्मिरको स्वाद) फुड फेस्टिभल गरेको छ ।
भारतीय चर्चित सेफ एवं कस्मिरी खानाका गुडविल एम्बेस्डर सन्जे राइना र अलफ्टको कार्यकारी सेफ राजिव श्रेष्ठले तयार गरेको मेनुलाई प्रस्तुत गर्दै यो फुड फेस्टिभल आयोजना गरिएको होटलका महाप्रबन्धक विक्रम सिंहले जानकारी दिनुभयो ।
फेस्टिभल अलफ्टमा पुस ४ सम्म दैनिक साँझ साँढे छ बजेदेखि साँढे दससम्म चल्नेछ । वेलकम डिङ्क्ससहित खानाको प्रतीब्यक्ति करबाहेक २ हजार ५ सय लाग्ने बताइएको छ ।
शाकाहारी स्टार्टरबाट सुरु भई मेन कोर्स र डिजर्ट कस्मिरी स्वादमा उपलब्ध हुने यो फेस्टिभल अलफ्ट अल–डे डाइनिङ ‘नुक’ मा उपलब्ध हुनेछ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य







