• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

नासाले अन्तरिक्षमा शक्तिशाली टेलिस्कोप राख्दै


  • खुला नेपाल
  • शनिबार, पुस १०, २०७८
  • 7.2K
    SHARES

काठमाडौं । अमेरिकी अन्तरिक्ष अध्ययन एजेन्सी (नासा)ले अहिलेसम्मकै शक्तिशाली टेलिस्कोप अन्तरिक्षमा राख्ने तयारी थालेको छ ।

नासाका अनुसार ९ अर्ब डलरको जेम्स वेब स्पेस टेलिस्कोप प्रक्षेपण गर्न लागेको हो । यो टेलिस्कोपले निकै टाढासम्मको तस्बिर लिने क्षमता राख्दछ । १४ हजार पाउण्डको यो उपकरणलाई २६ मिनेटमा अन्तरिक्षमा राखिनेछ ।

रोयटर्सका अनुसार अहिले प्रक्षेपण गर्न लागिएको इन्फ्रारेड टेलिस्कोप आगामी दशकमा अन्तरिक्षको खोजको लागि महत्वपूर्ण हुने विश्वास लिइएको छ । यो मिरर बेलेलियमबाट बनेको १८ षटकोणलाई जोडेर बनाइएको छ। प्रत्येक टुक्रामा ४८.२ ग्राम सुन प्रयोग गरिएको छ।

प्रतिक्रिया