• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

अपहरणमा परेका २१ बालबालिका प्रहरीद्धारा मुक्त


  • खुला नेपाल
  • आइतवार, पुस १८, २०७८
  • 8.1K
    SHARES

एजेन्सी । नाइजेरियाको प्रहरीले यहाँको दक्षिणी प्रान्त जाम्फाराबाट अपहरणमा परेका २१ बालबालिकाको उद्धार गरेको जनाएको छ । प्राप्त समाचारअनुसार ती बालबालिकालाई नाइजेरियाको विद्रोहीहरुको संस्था बोको हरामका हतियारधारीहरुले अपहरण गरी लगेका थिए ।

ती बालबालिका अपहरणमा परेको सूचना पाएपछि यहाँको प्रहरीले पिछा गरेको थियो । त्यसलगत्तै उनीहरुलाई भगाउँदै गरेका अवस्थामा प्रहरीले राजमार्गबाट अपहरणमुक्त गराएको हो । शनिबार अपहरणमुक्त गराएपछि प्रहरीले लगत्तै पत्रकार सम्मेलन गरेर सो विषयमा जानाकरी दिएको हो ।

प्रतिक्रिया