काठमाडौं । स्टार खेलाडी लियोनल मेस्सीसहित पेरिस सेन्ट जर्मन (पीएसजी) का चार खेलाडीमा कोभिड-१९ संक्रमण भएकाे छ ।
फ्रेन्च लिग वान क्लब पीएसजीले अर्जेन्टिनी फरवार्ड मेस्सीसँगै क्लबका चार खेलाडीको कोभिड रिर्पोट पोजिटिभ आएको र सबै आइसोलेसमा बसिसकेको जनाएको हो ।
मेस्सीसँगै जुआन बेर्नट, सर्जियो रिको र नाथन बिटुमाजालाको कोभिड परिक्षण रिर्पोट पोजिटिभ आएको हो ।
यसअघि घाइते भएका नेयमारसमेत रिकवरी बाहिर रहँदा पीएसजी दवावमा आएको हो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
