• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

एनआरएनएले बोलायो केन्द्रीय समितिको बैठक


  • खुला नेपाल
  • शुक्रबार, पुस २३, २०७८
  • 20.3K
    SHARES

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ८१ औं बैठक आगामी साता बस्ने भएको छ । संघका महासचिव डा. हेमराज शर्माका अनुसार बैठक जनवरी १५ का दिन नेपालको समय अनुसार दिउँसो दुई बजे बस्ने गरि डाकिएको हो ।

बैठकमा आगामी दशौं महाधिवेशन र संघको निर्वाचन प्रमुख एजेण्डा लगायतका विषयमा छलफल हुने बताएको छ । संघको महाधिवेशनमा प्रतिनिधि छनोटको विषय प्रमुख रुपमा विवादित हुँदा निर्वाचन र महाधिवेशन लामो समयदेखि रोकिएको छ ।

केन्द्रीय समितिको बैठक अगावै निर्वाचन सम्बन्धी तालिका प्रकाशन गर्ने तयारी गरिएको छ । महाधिवेशन प्रतिनिधि विवाद सल्टाउन अध्यक्षका प्रत्यासी डा. बद्री केसी, रविना थापा र कुल आचार्यबीच पटक-पटक औपचारिक र अनौपचारिक बैठकहरु सम्पन्न भएका छन् ।

संघका अध्यक्ष कुमार पन्तद्वारा विवाद मिलाउन गठित एक उपसमिति भित्र केन्द्रीय प्रतिनिधि विवादमा सहमति जुटेको दावी गरिएको छ ।

प्रतिक्रिया