लमजुङ । नेकपा एमाले लमजुङको ८औँ अधिवेशनको बन्दसत्रमा सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । बन्दसत्रलाई मर्यादित, व्यवस्थित, अनुसाशित ढंगले संचालनको लागि अध्यक्ष मण्डल गठन गरिएको हो ।
शनिबार बिहानबाट सुरू भएको बन्दसत्रमा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीको संयोजकत्वमा अध्यक्ष मण्डल गठन गरिएको हो । अध्यक्ष मण्डल सदस्यहरूमा प्रदेश कमिटी सदस्य महेन्द्रलाल श्रेष्ठ, मोहनहरि पौडेल, सिंहबहादुर थापा, राजकुमार श्रेष्ठ, नन्दराम विश्वकर्मा र दीपा गुरुङ रहेका छन् ।
जिल्ला समन्वय समिति लमजुङको सभाहलमा शनिबार विहानबाट बन्दसत्र सुरु भएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
