• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

प्रधानमन्त्री कप टी- २० राष्ट्रिय प्रतियोगिता आजदेखि


  • खुला नेपाल
  • सोमवार, पुस २६, २०७८
  • 8.3K
    SHARES

फाइल तस्वीर

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगितामा आजदेखि सुरू हुँदैछ।

राष्ट्रिय खेलकुद परिषदको सहयोग र नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने प्रधानमन्त्री कप टी-ट्वान्टी राष्ट्रिय प्रतियोगिताका खेलहरु काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानीस्थित मुलपानी क्रिकेट मैदानमा हुनेछन्।

प्रतियोगिता अन्तर्गत पहिलो दिन चार खेल हुनेछन् । टियु क्रिकेट मैदानमा हुने उद्‌घाटन खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशविरुद्ध खेल्नेछ। त्यसैगरी टियु मैदानमै हुने दोस्रो खेलमा नेपाल एपीएफ क्लब र प्रदेश नं. २ भिड्नेछन्।

यस्तै मुलपानी क्रिकेट मैदानमा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश भिड्नेछन्। यस्तै दोस्रो खेल बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच हुनेछ।

पहिलो पटक प्रधानमन्त्री कप टि-२० फर्म्याटमा आयोजना हुने लागेको हो। नेपालले फेब्रुअरी १५ तारिख देखि ओमानमा खेल्न लागेको टि-२० विश्वकप ग्लोबल छनोट (ए) प्रतियोगितालाई ध्यानमा राखेर प्रधानमन्त्री कप टी-२० फर्म्याटमा आयोजना भएको हो।

प्रतियोगितामा ७ वटा प्रदेश र तीन वटा विभागीय गरि १० टोली सहभागी छन्। १० टिमलाई दुई समूहमा बिभाजन गरिएको छ। समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर-१ छन्। समूह ‘बी’ मा नेपाल एपीएफ क्लब, प्रदेश-२, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन्।

प्रतिक्रिया