• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

एमाले इलाम अध्यक्षमा बस्नेत, बागलुङमा केसी


  • खुला नेपाल
  • सोमवार, पुस २६, २०७८
  • 8K
    SHARES

काठमाडौं । नेकपा (एमाले) इलामका अध्यक्षमा महेश बस्नेत निर्वाचित हुनुभएको छ । उहाँले प्रतिस्पर्धी डा देवी क्षेत्री दुलाललाई ६३० मतले पराजित गर्नुभएको थियो । उपाध्यक्षमा उदय राई ,सचिवमा उमेश गुरुङ ,उपसचिवद्वयमा रवीन्द्र सुवेदी र विष्णुमाया आचार्य विजयी हुनुभएको छ ।

जिल्ला अधिवेशनमा ७६७ मत खसेको थियो । आठ सय छ प्रतिनिधि रहेकामा ३९ प्रतिनिधिले मत नखसालेको निर्वाचन कमिटीले जनाएको छ । मतगणना गए राति सम्पन्न भएको हो ।

यस्तै नेकपा (एमाले) बागलुङका अध्यक्षपदमा हीराबहादुर केसी निर्वाचित हुनुभएको छ । कार्यबाहक अध्यक्षसमेत रहनुभएका प्रतिस्पर्धी कृष्ण पाठकलाई पराजित गर्दै केसी अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँले ३२९ मत प्रप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी पाठकले २२८ मत पाउनुभयो अर्का प्रतिस्पर्धी मेहरसिंह पाइजाले ३४ प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा लक्ष्मण पुन र सचिवमा विष्णु भुसाल सर्वसम्मत निर्वाचित हुनुभएको थियो ।उपसचिवमा गणेशबहादुर थापा र डम्मर श्रीस विजयी हुनुभयो । थापाले २९९ र श्रीसले २२८ मत पाउनुभएको छ । उपसचिवमा छ जनाको प्रतिस्पर्धा थियो ।

प्रतिक्रिया