काठमाडौं । कर्तव्य ज्यान मुद्दामा दोषी ठहरपछि फरार प्रतिवादीलाई साउदी अरेबियाबाट पक्राउ गरेर नेपाल ल्याइएको छ । उदयपुर बेलका नगरपालिका–६ ठेगाना भएका ४० वर्षीय गोबिन्द मगरलाई साउदी अरेबियाबाट १७ वर्षपछि पक्राउ गरी बुधबार नेपाल ल्याइएको हो।
कर्तब्य ज्यान मुद्दामा फरार रहेका मगर साउदी अरेबियामा पक्राउ परे पश्चात् सम्बन्धित कसूरमा कारवाही गराउन प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिई गएको प्रहरी टोलीले नेपाल ल्याएको हो । मगरविरुद्ध २०७७ माघ २६ गते पक्राउका लागि इन्टरपोल शाखा मार्फत् इन्टरपोल महासचिवालयबाट रेड कर्नर नोटिस जारी गरिएको थियो ।
मगरले २०६१ मंसिर १३ गते मान बहादुर तामाङलाई कर्तव्य गरी ज्यान मारेका थिए । उक्त मुद्दामा जिल्ला अदालत उदयपुरबाट पक्राउ अनुमति प्राप्त भएको थियो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
