• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

जापान र अमेरिकामा सुनामीको चेतावनी


  • खुला नेपाल
  • आइतवार, माघ २, २०७८
  • 5.9K
    SHARES

काठमाडौं । प्रशान्त महासागरको दक्षिण क्षेत्रमा पानीमुनि ज्वालामुखीका कारण सुनामी आउन सक्ने भन्दै अमेरिका र जापानमा सजग रहन भनिएको छ । ज्वालामुखीका कारण उत्पन्न हुने सुनामी छालले जनजीवन प्रभावित हुन सक्ने भन्दै सचेत गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

टोंगाका केही बजारहरु समुद्रबाट आएका सुनामी छालको डुबानमा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। टोंगाको प्रमुख आइल्याण्ड (टापु) ज्वालामुखीबाट निस्किएको खरानीले ढाकिएको हुनसक्ने चेतावनी वैज्ञानिकले दिएका छन्।

प्रशान्त महासागरको दक्षिणी क्षेत्रमा भएको ज्वालामुखी बिस्फोटपछि अमेरिका तथा जापानले प्रशान्त महासागरको तटीय क्षेत्रमा रहेका बासिन्दाहरुलाई आउन सक्ने सुनामी छालबाट जोगिनका लागि सुरक्षित स्थानमा जान भनेका छन् ।

प्रतिक्रिया