काठमाडौं । माघ १ अर्थात शनिवारदेखि मोबाइल कलको शुल्क ४४ पैसाले घटेको छ ।
यसअघि सेवाप्रदायकले अन्तरआवद्धता शुल्कबापत प्रतिमिनेट ५४ पैसा थप लिँदै आएका छन् । निर्देशिकाले त्यसमा परिवर्तन गर्दै त्यस्तो शुल्क बढीमा १० पैसा कायम गरेको छ ।
दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल कलको शुल्क कम गर्नेगरी कार्यान्वयनमा ल्याएको ‘अन्तरआवद्धता निर्देशिका २०७६’ शनिवारबाट लागू भएको हो । उदाहरणका लागि एनसेलबाट नेपाल टेलिकममा कल गर्दा लाग्ने शुल्क ४४ पैसाले घटेको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
