काठमाडौं । नेपाल टेलिकमले आज (माघ ३ गते)देखि लागू हुने गरी विन्टर अफर २०७८ ल्याएको छ । कम्पनीले यसअघि नै सञ्चालन गरेको अटम अफरलाई ल्याएको हो । अनलिमिटेड डाटा अफरमा‘सजिलो अनलिमिटेड प्रिपेड ७९९’,‘सजिलो अनलिमिटेड प्रिपेड ९९९’र ‘सजिलो अनलिमिटेड प्रिपेड १४९९’ प्याक समेत उपलब्ध हुने भएको छ ।
यसमा ग्राहकलाई अनलिमिटेड भ्वाइस कल र निश्चित डाटा (प्रतिदिन क्रमशः १ जीबी, २ जीबी र ४ जीबी) लगातय सेवा उपलब्ध गराइएको छ। डाटा प्याक सकिए पनि अतिरिक्त शुल्क बिना नै इन्टरनेट चलाउन सकिने सुविधा यी प्याकहरुमा रहेको टेलिकमको भनाइ छ ।
सस्तो प्रिपेड कम्बो प्याकमा थप सुविधा उपलब्ध गराइने छ । यस अन्तर्गत २९९ रुपैयाँमा अब २८ दिन सम्म चलाउन मिल्ने गरी १५० मिनेट अन–नेट भ्वाइस कलका साथै २० वटा एसएमएस पठाउन र २ जीबी डाटा समेत चलाउन सकिनेछ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
