• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

ज्योतिको गीतमा आर्यनको अभिनय (भिडियोसहित)


  • खुला नेपाल
  • शनिबार, माघ ८, २०७८
  • 10.9K
    SHARES

काठमाडौं । गीतकार ज्योति गुरुङको ‘सधैं सँगै’ बोलको गीत सार्वजनिक भएको छ । गायक गंगाराज राई र गायिका दीपा लामाको स्वरले सजिएको सो गीत शुक्रबार जेजी क्रियसन युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल र मोडल निरु कोइरालाले अभिनय गरेका छन् । सुव्रतराज आचार्यले निर्देशन गरेको भिडियोमा जया शर्माले रचनात्मकता थपेकी छन् । राइज मिडिया नेटवर्कले पोष्ट प्रोडक्सन गरेको भिडियोलाई उत्सव दाहालले छायाँकन गरेका हुन् । म्यूजिक भिडियोको सम्पादन भने राजकुमार श्रेष्ठले र सिमोन तामाङले कलरिङ गरेका छन् ।

बेलायतस्थित स्टुडियो प्लाटफर्म र काठमाडौंको किङ्ग स्टुडियोमा रेकर्ड गरिएको गीतमा गंगाकै संगीत रहेको छ । गीतमा राजु कार्कीले संगीत संयोजन, मिक्सिङ र मास्टरिङक गरेका हुन् ।

गीतकार गुरुङको शब्दमा यसअघि परदेशी छोरी, यो कस्तो माया, मुटुको टुक्रा, खै कसरी लगायतका गीत बजारमा आइसकेका छन् ।

प्रतिक्रिया