• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

रुपन्देहीको घोडाहा जंगलमा एक महिला र बालिकाको शव फेला


  • खुला नेपाल
  • मङ्लबार, माघ ११, २०७८
  • 7.6K
    SHARES

बुटवल । रुपन्देहीको देवदह नगरपालिकाको घोडाहा जंगलमा एक महिला र एक बालिका मृत अवस्थामा फेला परेका छन् ।

अधवैंशे महिला र अन्दाजी ७ वर्षीया बालिकाको शव पुर्वपश्चिम राजमार्गको छेउ जंगलमा आज दिउँसो भेटिएको प्रहरीले जानकारी दिएको छ।

शवको प्रकृति हेर्दा बालिकाको घांटी रेटेर हत्या गरेर फालिएको हुन सक्ने इलाका प्रहरी कार्यालय देवदहका प्रमुख प्रहरी निरीक्षक गंगा सारुले जानकारी दिनुभयो ।

उनीहरु आमाछोरी हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया