• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

सिटामोल उपलब्धताको तत्काल प्रबन्ध मिलाउन सर्वोच्चको आदेश


  • खुला नेपाल
  • मङ्लबार, माघ ११, २०७८
  • 8.2K
    SHARES

काठमाडौँ । सर्वोच्च अदालतले सिटामोलको प्रबन्ध गर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आज सिटामोलको उपलब्धता सहज गर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

नागरिकलाई सिटामोल औषधि तत्काल उपलब्ध गराउन आदेश गरिएको छ ।

टीकाबहादुर कुँवरलगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई दर्ता गरेको रिटमा सुनुवाइ गर्दै सिटामोलको प्रबन्ध गर्न आदेश जारी भएको हो ।

आदेशले दुवै पक्षलाई माघ १७ गते छलफलको लागि समेत बोलाएको छ ।

प्रतिक्रिया