• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

बेलायतको लागि नेपाली राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त


  • खुला नेपाल
  • शुक्रबार, माघ १४, २०७८
  • 4.4K
    SHARES

फाइल तस्वीर

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतको लागि नेपाली राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २८२ बमोजिम आचार्यलाई राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

बेलायतले गतसाता आचार्यको एग्रिमो स्वीकृत गरेको थियो । तर, उहाँसँगै गत कात्तिकमा प्रस्ताव गरिएका राजदूतहरु डा. शंकर शर्मा र श्रीधर खत्रीको एग्रिमो चाहिँ आइसकेको छैन।

शर्मालाई भारत र खत्रीलाई संयुक्त राज्य अमेरिकाको राजदूतमा प्रस्ताव गरिएको थियो ।

उहाँहरुको संसदीय सुनुवाइ पनि पूरा भइसकेको छ । अर्को शक्तिशाली मुलुक चीनसहितका २० नियोग अँझैपनि राजदूतविहीन छन् ।

प्रतिक्रिया