• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

महिलाले राखिन् आफ्नै श्रीमान बिक्रीको विज्ञापन, लिलामीमा धेरैले दिए चासो


  • खुला नेपाल
  • आइतवार, माघ २३, २०७८
  • 9.9K
    SHARES

काठमाडौं । कुनै पनि बस्तु बेच्नका लागि अनलाइनमा राख्नु अनौठो कुरा होइन । तर आयरल्याण्डकी एक महिलाले भने आफ्नै श्रीमानलाई बेच्नका लागि अनलाइनमा राखेकी छिन् । उनले यो कार्य आफ्नो श्रीमानको कार्यबाट आक्रोशित भएर विज्ञापनमा राखेकी हुन् ।

अझै अचम्मको कुरा के छ भने श्रीमानलाई बेच्ने अनलाइनमा विज्ञापन गर्ने महिलाले कुनै ‘रिटर्न पोलेसी’ (फिर्ता नहुने) समेत स्पष्ट पारेकी छिन् ।

श्रीमानको एउटै गल्ती थियो, उनले माछा पक्रिन जाँदा श्रीमतीलाई साथमा लिएर गएनन् । यही गल्तीको कारण देखाउँदै श्रीमानलाई विक्रीमा राखेकी हुन् ।

छोराछोरीसहित श्रीमतीलाई घरमै छोडेर माछा लिन गएदेखि नै उनका लागि खराब दिनको सुरुवात भएको हो । अझै अचम्मको कुरा के छ भने ति महिलाले आफ्नो श्रीमानलाई बिक्रीमा राखेपछि धेरै महिलाले किन्ने चासो देखाएका छन् । १२ जना महिलाहरूले जोनलाई किन्न भनेर चासो देखाएका थिए । तर लिलामी सुरु हुने बित्तिकै, ट्रेड मीले केहि घण्टा पछि सो विज्ञापनलाई आफ्नो साइटबाट हटाएको छ ।

न्यूजील्याण्डको ट्रेडमी (दराज जस्तै) साइटमा विज्ञापन गरिएको थियो । महिलाले राम्रो सम्झौता पाउनको लागि आफ्नो पतिको फाइदा र बेफाइदाको बारेमा पनि उल्लेख गरेकी छिन् । ति महिलाले श्रीमानको विज्ञापन गर्दा वर्ष र उचाइ पनि खुलाएकी छिन् । यि दम्पतीको विवाह सन् २०१९ मा आयरल्यान्डमा भएको थियो । हाल उनीहरु ४ र ६ वर्षका दुई छोराहरुसँग बस्दै आएका छन् ।

-समाचार एजेन्सी

प्रतिक्रिया