काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री गोकुल बास्कोटाले माओवादी अध्यक्ष प्रचण्ड लक्षित कटाक्ष गर्नुभएको छ ।
वर्तमान सत्ता गठबन्धनप्रति कटाक्ष गर्दै पूर्वमन्त्री बास्कोटाले ओलीले सम्बन्ध बिगारेको आरोप लगाउनेहरूले पाँच महिनामै सन्तुलनको डोरी चुँडाल्न खोजेको आरोप लगाउनुभएको छ ।
‘प्रचण्डले युटर्न लिएको देख्न हप्तादिन लाग्ला कि त्यो भन्दा अगावै देखिएला ? परराष्ट्र मामिलाका धुरन्धर ज्ञाताहरुले ज्ञान फिट्न परो,’ उनले भनेका छन्, ‘ओलीले ध्वस्त पारेको विदेश सम्बन्ध सप्रेको देख्न मन छ । पाँच महिनामै सन्तुलनको डोरी चुडने गरी तान्न नहुनेथ्यो । तर केही छैन । बाँकी– तालको पानी माछीले खाने !’
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
