• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

राप्रपाबाट अलग भएको कमल थापाको घोषणा


  • खुला नेपाल
  • मङ्लबार, माघ २५, २०७८
  • 4K
    SHARES

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गर्नुभएको छ ।

आज हेटौंडामा विज्ञप्ति जारी गर्दै थापाले ३१ वर्ष लामो पार्टीको सम्बन्ध टुट्न गएको बताउनुभएको हो । उहाँले पार्टीभित्र सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हावी भएको त्यसलाई सुधार गरेर जाने आफ्नो चाहनाको सुनुवाइ नभएकाले अलग भएको बताउनुभएको छ ।

अत्यन्त भारी मन र पीडाबोधका साथ पार्टीबाट अलग हुने निर्णय गरेको पनि उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

गत मंसिरमा भएको पार्टी महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले महाधिवेशनमा पूर्वराजाको हस्तक्षेप भएको दावी गरेका थिए र त्यसको छानबिन गर्न माग गर्नुभएको थियो ।

प्रतिक्रिया