काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
१० हजार १ सय १५ जनामा कोरोना परीक्षण गर्दा ५ सय २१ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।
६ हजार ३७ पिसिआर परीक्षण गर्दा ४२७ जना र ४ हजार ७८ एन्टिजेन परीक्षण ९४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणकै कारण पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको कूल संख्या ११ हजार ८ सय ९२ पुगेको छ ।
आज ३ हजार ९३५ जना निको हुँदा देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ५८४ रहेको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
