• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

एमालेले माग्यो स्वास्थ्यमन्त्रीको राजीनामा, अफवाह फैलाएको आरोप


  • खुला नेपाल
  • मङ्लबार, फाल्गुन ३, २०७८
  • 5.1K
    SHARES

काठमाडौँ । नेकपा एमालेले झुटो अभिव्यक्ति दिएको भन्दै स्वास्थ्यमन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारका बेला आफूले कोरोनाविरुद्धको खोप पाँच हजार रुपैयाँमा किनेर लगाएको अभिव्यक्ति दिएर मन्त्री खतिवडाले अफवाह फैलाएको एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्तिमार्फत बताउनु भएको छ ।

एमालेले सिभिल अस्पतालमा कोरोना खोप लगाउने सांसदहरूको सूचीमा स्वास्थ्यमन्त्री खतिवडाको नाम पनि सार्वजनिक गरेको छ । खतिवडाले हालै एक टेलिभिजनको कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला कोभिडविरुद्धको पहिलो खोप पाँच हजार रुपैयाँमा ‘किनेर लगाएको’ दाबी गर्नु भएको थियो ।

उहाँको अभिव्यक्ति गैरजिम्मेवार रहेको र यस्तो झुठो बोल्ने व्यक्ति मन्त्रीजस्तो गरिमामय पदमा बसिरहन नहुने भन्दै एमालेले राजीनामा मागेको हो । एमालेले जारी गरेको विज्ञप्तीमा ‘खोप किनेर लगाएको’ भन्ने स्वास्थ्यमन्त्री खतिवडाको उक्त भनाइ सरासर झुटो र अफवाहपूर्ण छ । सिभिल अस्पताल, बानेश्वरमा उहाँले पहिलो मात्रा खोप २०७७ फागुन १९ मा लगाएको अभिलेख सुरक्षित छ ।’ भनिएको छ ।

‘तत्कालीन सरकारले १९–२१ फागुन ०७७ फागुनसम्म संघीय संसद्का सदस्यहरूलाई सिभिल अस्पतालमा निःशुल्क खोप उपलब्ध गराएको बेला सिभिल अस्पतालको रजिष्टर ‘ख’ मा क्र.सं. ४८ मा दर्ता गरेर खोप लगाउनुका साथै हस्ताक्षरसमेत गर्नुभएको छ । उक्त अभिलेखमा ६२ बर्षका खतिवडाले ब्याच नम्बर ४१२० जेड ००४को कोभिसिल्ड खोप लगाएको स्पष्ट छ ।’

प्रतिक्रिया