• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

एमसीसीको विरोधमा नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त


  • खुला नेपाल
  • बुधबार, फाल्गुन ४, २०७८
  • 12.3K
    SHARES

काठमाडौँ । एमसीसीको विरोधमा भएको प्रदर्शनका कारण काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ ।

एमसीसी टेबल गर्न तयारी भएपछि नेकपमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (एस) का कार्यकर्ता र विप्लवसहितका ६ दलका भातृ संगठनले छुट्टा–छुट्टै विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडपको अवस्था सिर्जना भएको हो ।

प्रहरीले अश्रुग्याँस र पानीको फोहरा प्रहार गरेको छ । आन्दोलनकारीले बा १ ग २११४ नम्बरको प्रहरीले भ्यानमा तोडफोड गरेका छन् । आन्दोलनकारी निषेधित क्षेत्र तोडेर बानेश्वर चोकमा पुगिसकेका छन् । प्रदर्शनमा उत्रिएका र प्रहरीबीच झडप समेत भएको छ ।

यसैबीच प्रहरीले थप ४० जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । नयाँ बानेश्वर क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार पक्राउ परेकाहरूलाई भृकुटीमण्डपमा रहेको नगर प्रहरी कार्यालयमा राखिएको छ ।

यसअघि बिहान ५० जना पक्राउ परेका थिए । उनीहरूमध्ये अधिकांश बन्दकर्ता छन् । केही भने प्रदर्शनकारी छन् ।

गृह मन्त्रालयले आज एमसीसीको विरुद्धमा रहेका दलहरूले आन्दोलन गर्न सक्ने र शान्ति सुरक्षामा चुनौती थपिन सक्ने भन्दै नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएको थियो । सोही कारण आज बिहानैदेखि सडकमा बाक्लो गरी प्रहरी तैनाथ थिए ।

प्रतिक्रिया