काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको पाँच दलीय गठबन्धनलाई पानीमुनि गए पनि नछाड्ने बताउनु भएको छ ।
आगामी चुनावमा गठबन्धनसँग एमाले एक्लै भिड्न तयार रहेको बताउँदै ओलीले चुनावी परिणामले नै गठबन्धन पत्तासाफ हुने दाबी गर्नुभयो । ‘जस्तै पानीमुनि गएपनि कहाँ जाला गठबन्धन । पानीमुनि गएपनि यसलाई निकालेर ठेगान लगाइन्छ ।’ ओलीले भन्नुभयो ।
भक्तपुरको सूर्य विनायक नगर अस्पतालको उद्घाटन कार्यक्रममा अध्यक्ष ओलीले सत्ता गठबन्धनलाई टिक्न नदिने बताउनु भएको हो ।
अध्यक्ष ओलीले अहिलेको ‘तिकडमबाजी सरकार’ अब धेरै नटिक्ने पनि बताउनुभयो । उहाँले देशमा लोकतन्त्र आएकाले कुनै गलत नियतबाट बनेको अहिलेको सरकारको विकल्प पनि हुने बताउनुभयो ।
मुलुकमा शान्तिसुरक्षा र विकासका लागि एमाले सरकार चाहिने ओलीको भनाइ थियो । उहाँले चुनावमा जालझेल गर्न नहुने बताउँदै राज्यका संयन्त्र निष्पक्ष हुनुपर्ने आग्रह गर्नुभयो । साथै अबको एक वर्षमा चुनाव आउनै पर्ने ओलीको जोड छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
