काठमाडौँ । १८ जना जिल्ला न्यायाधीशको लागि लिइएको परीक्षमा जम्मा तीनजना परीक्षार्थीमात्र पास भएका छन् । न्याय सेवा आयोगको आग्रहमा लोक सेवा आयोगले परीक्षा लिएको थियो ।
आन्तरिक खुला ९, खुल्ला प्रतिस्पर्धा ५, महिला २, आदिवासी जनजाति २ र मधेशी १ जनाको लागि विज्ञापन गरिएको थियो । न्याय सेवा आयोगको आजको बैठकले आन्तरिक खुल्लातर्फ पास भएका तीनजनालाई अन्तर्वार्ताका लागि छनौट गरेको हो ।
छनौट हुनेमा ओमबहादुर सोडारी, चन्द्रकुमार पोखरेल र भुवन गिरी छन् । न्यायाधीशका लागि १९६ जनाले परीक्षा दिएका थिए । ती मध्ये तीन जनामात्रै पास भएका हुन् ।
परीक्षामा कुल अंकको कम्तिमा ५० प्रतिशत नम्बर ल्याउने व्यक्ति मात्र योग्य हुन्छन् । तीनजना बाहेक अन्यले ५० प्रतिशत अंक कटाउन नसकेका हुन् ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
