• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

बेलायतमा कोभिड सम्बन्धि सबै नियम हटाइयो


  • खुला नेपाल
  • मङ्लबार, फाल्गुन १०, २०७८
  • 4.6K
    SHARES

एजेन्सी । बेलायतमा फेब्रुअरी २४ तारिखबाट कोभिड सम्बन्धि बाँकी रहेका सबै प्रतिबन्धहरुको अन्त्य हुने भएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार साँझको पत्रकार सम्मेलनमा उक्त कुराको पुष्टि गरेका हुन् ।

आउँदो बिहीबारदेखि कोरोना संक्रमित भएपनि आइसोलेशन बस्न पर्ने कानूनी बाध्यता रहने छैन । यद्यपि कोरोना पोजिटिभ भएमा घरमै बस्न सुझाव दिइए पनि यसलाई बाध्यात्मक रुपमा भने लागू गरिने छैन । सोही दिनबाट कन्ट्याक्ट ट्रेसिंङ सम्बन्धी व्यवस्थाको पनि अन्त्य गरिनेछ ।

यसैगरी हाल लागू गरिएको भ्याक्सिन पासपोर्ट पनि खारेज हुने भएको छ । हाल निशुल्क रुपमा उपलब्ध गराउँदै आएको कोरोना परीक्षणको व्यवस्था पनि हटाइने भएको छ । तर, जोखिममा रहेका ८० वर्ष माथि उमेर भएका र केयर होममा रहेका मानिसको हकमा उक्त नियम यथावत नै रहनेछ ।

होम आइसोलेशन बसेवापत निम्न आय भएकालाई सरकारले उपलब्ध गराउँदै आएको पाँच सय पाउण्ड पनि हटाइने भएको छ । आउँदो बुधबार बेलायतको संसदमा मतदान गरिने र संसदले पारित गरेपछि बिहीबारबाट कोभिड सम्बन्धी नयाँ नियम कार्यान्वयन हुनेछ ।

प्रतिक्रिया