• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

नेपाल सरकारको आग्रह : अति आवश्यक नपरी युक्रेन भ्रमणमा नजानू


  • खुला नेपाल
  • बुधबार, फाल्गुन ११, २०७८
  • 5.1K
    SHARES

काठमाडौँ । युक्रेनमा रहेका नेपाली नागरिकहरुले त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्याङ्कन गरी अति आवश्यक परी त्यहीँ रहनु परेमा बाहेक उपलब्ध व्यावसायिक हवाई उडानको उपयोग गरी स्वदेश फर्कन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयले आज एक सूचना जारी गर्दै अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्नसमेत अनुरोध गरेको छ । नेपाली राजदूतावास बर्लिनमा युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिक सम्पर्कमा रहेको र उनीहरू सबै सकुशल रहेको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ । त्यहाँ रहेका नेपाली नागरिकले आवश्यक परेमा नेपाली राजदूतावास, बर्लिनका तृतीय सचिव सहारा चौलागाईं, सम्पर्क नम्बर ४९१७०९८०८०६३ इमेल : भयलदभचष्लि२mयाब।नयख।लउ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

यस्तै मन्त्रालयले सहजताका लागि मस्कोस्थित नेपाली राजदूतावासका सुशील मिमिरे, कार्यवाहक राजदूत, ७९६८०७०२८१५ र इमेल भयलmयकअयध २mयाब नयख।लउ लाई समेत सम्पर्क गर्न सकिने जनाएको उल्लेख छ ।

प्रतिक्रिया