• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

आजदेखि प्रतिनिधि सभामा एमसीसीमाथिको छलफल हुने


  • खुला नेपाल
  • बिहिबार, फाल्गुन १२, २०७८
  • 2.1K
    SHARES

काठमाडौं । एमसीसी सम्झौताबारे आजदेखि प्रतिनिधि सभामा छलफल हुने भएको छ । आजको सम्भावित कार्यसूची अनुसार एमसीसीलाई छलफलका लागि राखिएको छ ।

सो सम्भावित कार्यसूचीलाई कार्यव्यवस्था परामर्श समितिको बैठकले अन्तिम रुप दिएपछि आज बस्ने प्रतिनिधि सभा बैठकमा प्रस्ताव माथि छलफल हुनेछ ।

संसदमा छलफलका लागि पेश भए लगतै सांसदहरुले नाम टिपाएर आफ्नो धारणा राख्नेछन् । सांसदहरुले सो प्रस्तावको विषयमा सैद्धान्तिक छलफल गरेपछि सो विषयसँग उठेको जवाफ विभागीय मन्त्रीले जवाफ दिनेछन् । सैद्धान्तिक छलफलको प्रस्ताव स्वीकार गरियोस् भन्ने प्रस्ताव निर्णायर्थ पेश हुनेछ । छलफलपछि दजावार छलफल हुनेछ । साथै दफावार छलफलमा सम्झौतामा भएको विषयबस्तुलाई विस्तृत छलफल गरिनेछ । छलफलपछि पारित हुने किन नहुने भन्ने अधिकार सांसदहरुले बहुमत संख्याले निर्धारण गर्नेछ ।

प्रतिक्रिया