एजेन्सी । युक्रेनमा रुसी सेनाको आक्रमणमा सर्वसाधरणको ज्यान गएको छ । पछिल्लो हमलामा सर्बसाधारण नागरिक मर्ने क्रम बढ्दो छ । राजधानी किभनजिकैको सहर इरपिनमा रुसी सेनाले गरेको फयरिङमा एक महिला र उनका दुई सन्तानको मृत्यु भएको छ ।
युक्रेनी शहरहरूमा दशौँ हजार सर्वसाधारण फसिरहेको र त्यहाँ मानवीय संकट गहिरिएको बताइएको छ । यसैबीच, राष्ट्रसंघले युक्रेनबाट १५ लाख मानिस बिस्थापित भएको जनाएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
