सुर्खेत । कर्णाली प्रदेश सरकारले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मानव सेवा आश्रम र प्रशान्ति वृद्धाश्रममा पोशाक तथा फलफूल वितरण गरेको छ ।
मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा भएको कार्यक्रममा मानव सेवा आश्रम र वृद्धाश्रममा रहेका महिलाहरूलाई पोशाक र फलफूल दिएको हो । कार्यक्रममा मुख्यमन्त्री शाहीले नागरिकको सुरक्षा राज्यको दायित्व भएको बताउनुभयो ।
मुख्यमन्त्रीले पृद्धवृद्धा र सहाराविहीनको संरक्षणमा सरकार लागेको प्रस्ट्याउनुभयो । ‘सहाराविहीनका लागि छाना, नाना र खानाको जिम्मा सरकारले लिन्छ,’ मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘राज्यले आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्छ ।’
सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले प्रशान्ति बृद्वाश्रमलाई प्रदेशस्तरको संरचनामा रूपान्तरण गर्ने गरेर भौतिक संरचना निर्माणमा सहयोग गरिरहेको जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख सचिव राजकुमार श्रेष्ठ, सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीलगायतको उपस्थिति रहेको थियो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
