• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

स्थानीय निर्वाचनमा एक लाख म्यादी प्रहरी भर्ना गरिने


  • खुला नेपाल
  • बिहिबार, फाल्गुन २६, २०७८
  • 3.9K
    SHARES

काठमाडौँ । अर्थ मन्त्रालयले स्थानीय तह निर्वाचनमा एक लाख म्यादी प्रहरीका लागि बजेट स्वीकृत गरेको छ ।

गृह मन्त्रालयले एक लाख १८ हजार म्यादी प्रहरीका लागि बजेट माग गरेकोमा अर्थले एक लाखको लागि मात्रै बजेट स्वीकृत गरेको हो ।

अर्थ मन्त्रालयले निर्वाचनको सुरक्षाका लागि भर्ना गरिने म्यादी प्रहरीलाई ४० दिन बराबरको मात्र बजेट दिएको छ । गृह मन्त्रालयले भने ४५ दिनका लागि प्रस्ताव गरेको थियो।

म्यादी प्रहरीसहित समग्र निर्वाचन सुरक्षाका लागि प्रस्ताव गरिएको बजेट पनि व्यापक कटौती भएको छ।

प्रहरी प्रधान कार्यालयले करिब ११ अर्ब माग गरेकामा गृहले ९ अर्ब हारहारीमा अर्थसँग बजेट माग गरेको थियो । बजेट भने करिब ६ अर्ब मात्र स्वीकृत भएर आएको गृह मन्त्रालयका एक अधिकारीले बताए । स्थानीय तह निर्वाचन आगामी वैशाख ३० गते देशव्यापीरुपमा एकै चरणमा हुँदै छ।

प्रतिक्रिया