• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

रुसले लगाएको प्रतिबन्धमा अमेरिकी राष्ट्रपति बाइडेनसहित को-को परे ?


  • खुला नेपाल
  • बुधबार, चैत्र २, २०७८
  • 3.7K
    SHARES

काठमाडौं । रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनसहित १३ उच्च अधिकारीमाथि प्रतिबन्ध लगाएको छ ।रुसले युक्रेनमा युद्ध जारी राखेपछि अमेरिकासहित पश्चिमा राष्ट्रले प्रतिबन्ध लगाएपछि सो को जवाफमा अमेरिकी राष्ट्रपतिसहित उच्च अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको हो ।

रुसको विदेश मन्त्रालयका अनुसार अमेरिकी राष्ट्रपति बाइडेनसहित उनको सरकारका शीर्ष मन्त्रीहरुमाथि प्रतिबन्ध लगाइएको हो । रुसले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन, रक्षामन्त्री लोयड अस्टिन, ह्वाइट हाउस प्रवक्ता जेन साकीसहितलाई प्रतिबन्ध लगाएको छ । पूर्वविदेशमन्त्री तथा राष्ट्रपति उम्मेदवार रहिसकेकी नेतृ हिलारी क्लिन्टन तथा बाइडेनका छोरा हन्टर बाइडेन पनि प्रतिबन्धित सूचीमा छन्। उनीहरुले रुस प्रवेश गर्न पाउने छैनन् भने रुसमा रहेको उनीहरुको सम्पत्ति ‘फ्रिज’ भएको छ।

रुसले अमेरिकाका जोइन्ट चिफ अफ स्टाफ प्रमुख मार्क मिली, राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सलिभन, राष्ट्रिय सुरक्षा उपसल्लाहकार दलीप सिंह, युएसएआइडीका प्रशासक सामन्था पावर, उपवित्तमन्त्री वाली एडियमो र एक्सपोर्ट–इम्पोर्ट बैंक अफ युएसका प्रमुख रिटा जो लुइसमाथि पनि प्रतिबन्ध लगाएको छ।

प्रतिक्रिया