सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनको धेरै आश नगर्न आफ्ना नेता कार्यकर्तालाई सुझाव दिनुभएको छ ।
चुनाव केन्द्रित अभियानमा रहेका प्रचण्डले आइतबार बिहान पोखरामा आयोजित पत्रकार सम्मेलनमा आफ्नै बलमा चुनाव जित्ने गरी तयारी गर्न पार्टी नेता(कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
पार्टीमा जोड गरेर भनेको कुरा के हो भने गठबन्धन होला, त्यहीबाट जितौंला भनेर बसेर हुँदैन, आफ्नै शक्ति र बलमा जित्ने हो’, उहाँले भन्नुभयो, ‘आफ्नै बलमा चुनाव लड्ने कुरालाई ध्यानमा राख्दै तालमेल गर्ने कुरालाई पनि उपयोग गर्नुपर्छ ।’
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
