नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूर्योदयमा सुर्यको जीत निश्चित भएको बताउनुभयो। इलामको सुर्योदयमा आयोजित बृहत जनसभा एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुर्यले जित्ने ठाउँ भएकै कारण ठाउँको नाम सूर्योदय भएको बताउनुभयो ।
उहाँले सूर्यलाई जित हासिल गर्न जुनकिरीहरुको जस्तो मार्चाबन्दी गर्न आवश्यक नरहेको बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो सिङ्गो देश उज्यालो बनाउने सुर्य हामी छ, हामीले कोहिसँग मोर्चाबन्दी गर्न पर्दैन ।
जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश विकासमा एमाले नै नेतृत्वकर्ता भएको धारणाराख्नु भएको छ । उहाँले इलामको बाटो विग्रिएको भन्दै चाँडै राजमार्ग सरह व्यवस्थित सडक निर्माण गर्ने बताउनुभयो।
इलामको नगदे बालीमा केहि समस्या देखिएको भन्दै अध्यक्ष ओलीले संरक्षण र बजारिकरणमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । अर्को एक प्रसंगमा ओलीले भन्नुभयो – यहाँबाट जित्नेहरुले के काम गरे ? खोई केहि देखिएन त ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
