• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

आइसफल चिकित्सक टोली सगरमाथा आधार शिविरमा


  • खुला नेपाल
  • सोमवार, चैत्र ७, २०७८
  • 9.4K
    SHARES

सोलुखुम्बु । सगरमाथाको शिखरमा जाने बाटो निर्माणका लागि आठ जना आइसफल चिकित्सक टोली आधार शिविर पुगेको छ । लामो समयदेखि बाटो निर्माणमा सक्रिय आइसफल चिकित्सक आङसर्की शेर्पाको नेतृत्वमा गएको टोली आधार शिविर पुगेको हो ।

गत फागुन २८ गते उक्त टोली नाम्चेबाट आधार शिविरतर्फ लागेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का उपाध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिनुभयो । टोलीले पाङबोचे गुम्बामा पूजा गरेर लामालाई साइत हेराएपछि काम सुरु गर्ने छ । “अहिले टोली आधार शिविरमा बसेको छ”, उहाँले भन्नुभयो, “विगतझैँ यस वर्ष पनि साइतअनुसार काम सुरु हुन्छ ।”

आइसफल चिकित्सकले सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो बनाउने काम गर्छन् । भ¥याङ राख्नेदेखि डोरी टाग्नेलगायत काम उनीहरुले गर्नेछन् । आधार शिविरबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहण गरिन्छ । रासस

प्रतिक्रिया