• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

रुस-युक्रेन युद्ध : नेपाल युक्रेनको पक्षमा उभियो


  • खुला नेपाल
  • शुक्रबार, चैत्र ११, २०७८
  • 8.1K
    SHARES

काठमाडौं । रुस-युक्रेन युद्ध एक महिनायता जारी छ । रुसले युक्रेनलाई कब्जा गर्ने प्रयास जारी राखेका बेला नेपाल फेरि युक्रेनको पक्षमा उभिएको छ ।

बिहीबार राति राष्ट्रसंघको महासभामा युक्रेनलगायत मुलुकले तयार पारेको मानवीय सहायतासम्बन्धी प्रस्तावमा नेपालले पक्षमा भोट हालेर युक्रेनको पक्षमा उभिएको हो ।

महासभाको ११औं आपतकालीन विशेष सत्रमा युक्रेनमा मानवीय सहायतासम्बन्धी प्रस्ताव दुई तिहाइ बढी सदस्यबाट पारित भएको छ । राष्ट्रसंघका १९३ सदस्यमध्ये प्रस्तावको पक्षमा १४० भोट आएको थियो भने विपक्षमा पाँच भोट परेको थियो ।

विपक्षमा भोट हाल्नेमा रूस, सिरिया, उत्तर कोरिया, इरेट्रिया र बेलारूस थिए । नेपालका दुई छिमेकी भारत र चीनसहित ३८ मुलुक मतदानमा अनुपस्थित भएका थिए ।

प्रतिक्रिया