• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

एमाले उपाध्यक्ष पौडेलसहितको प्रतिनिधिमण्डल स्वदेश फिर्ता


  • खुला नेपाल
  • शनिबार, चैत्र १२, २०७८
  • 6.9K
    SHARES

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको एमालेको प्रतिनिधिमण्डल चीनको चारदिने भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएको छ । चीनको कुन्मिङमा आयोजित एक कार्यक्रममा सहभागी भएर सो प्रतिनिधिमण्डल शुक्रबार राति स्वदेश फर्किएको हो । सो प्रतिनिधिमण्डल गत सोमबार चीन गएको थियो ।

उपाध्यक्ष पौडेल नेतृत्वको चार सदस्यीय प्रतिनिधिमण्डल चीनको कुन्मिङमा आयोजना भएको ‘इकोनोमिक कोअपरेशन एन्ड कल्चरल एक्सचेन्ज’ कार्यक्रममा सहभागी हुनुभएको थियो । सो प्रतिनिधिमण्डलमा उपाध्यक्ष पौडेलसहित स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्पराज कँडेल र केन्द्रीय सदस्य मीना रखाल रहनुभएको थियो ।

स्वदेश फर्किएपछि उपाध्यक्ष पौडेलले सो कार्यक्रममा नेपालका तर्फबाट धारणा राखेको प्रतिक्रिया दिँदै उहाँले नेपाल चीनबीचको सांस्कृतिक आदानप्रदानमा भ्रमण फलदायी भएको बताउनुभयो । उपाध्यक्ष पौडेलले नेपालको विकासका विविध पक्षका साथै आर्थिक सामाजिक सहयोगमा चीनले सकारात्मक भूमिका निर्वाह गरिरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताउनुभयो ।

प्रतिक्रिया