• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

आक्रमणमा परेर गम्भीर घाइते भएका जसपा सांसद साहलाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइयो


  • खुला नेपाल
  • शनिबार, चैत्र १२, २०७८
  • 15K
    SHARES

काठमाडौँ । सर्लाहीमा दुई पक्षबीच भएको झडपमा गम्भीर घाइते भएका जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक तथा संघीय सांसद प्रमोद साहलाई काठमाडौं ल्याइएको छ ।

सर्लाहीको इश्वरपुरमा स्थानीयबीच झडप हुँदा सांसद साहमाथि आक्रमण भएको थियो । टाउकोमा गम्भीर चोट लागेका साहलाई थप उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट काठमाडौं लगिएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी माधव बुढाथोकीले जानकारी दिनुभयो।

इश्वरपुर नगरपालिका-६ बयलबासमा दुई पक्षबीच भएको झडपमा सांसद साह र उनलाई बचाउने क्रममा सुरक्षा गार्ड घाइते भएका थिए ।

यता, प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तुलबहादुर कार्कीले सीके राउतका जनमत पार्टी र जसपाका कार्यकर्ताबीच झडप भएको बताउनु भएको छ ।

उहाँका अनुसार सांसद साहमाथि सीके राउतका कार्यकर्ताले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लगाउँदै अवरोध गर्न खोज्दा झडप भएको थियो ।

प्रतिक्रिया